एजेन्सी– फोब्र्स म्यागजिनले धेरै विश्वका धेरै कमाउने एक सय सेलेब्रिटीको सूची सार्वजनिक गरेको छ । यो सूचीमा यसपटक भारतीय सेलेब्रिटीमा अक्षय कुमार मात्र परेका छन् । उनी ३३ औं नम्बरमा परेका छन् ।
फोब्र्सका अनुसार उनको कमाइ ६.५ करोड अमेरिकी डलर थियो । त्यसो त गत वर्ष उनले एउटै फिल्मका लागि ३४ करोड देखि ६८ करोड भारतीय रुपैयाँसम्म लिएका थिए ।
गत वर्षको यही सूचीमा अक्षय ७६ औं नम्बरमा थिए ।
यसअघि यो सूचीमा रहेका अर्का अभिनेता सलमान खान चाहिँ यसपटक सूचीमा परेका छैनन् । अभिनेता शाहरुख खान चाहिँ गत वर्ष पनि यो सूचीमा थिएनन् । सन् २०१७ मा चाहिँ उनी ६५ औं नम्बरमा थिए ।
सन् २०१९ मा सबैभन्दा धेरै कमाउने सेलेब्रिटीको सूचीमा सबैभन्दा धेरै अमेरिकी सेलेब्रिटी नै छन् । अमेरिकाबाछ टेलर स्विफ्ट, काइली जेनर र कान्ये वेस्ट सूचीको पहिलो तीन नम्बरमा क्रमशः छन् ।
सबैभन्दा धेरै कमाउने १० सेलेब्रिटीमा ३ फुटबलर परेका छन् । यी तीन फुटबलर लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेमार हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।