काठमाडौं– यतिखेर देशका सबैजसो स्थानमा पानी परिरहेको छ । देशभर परिरहेको वर्षाका कारण खोला तथा नदीमा जलसतह बढ्दै गएकाले सतर्क रहन देशवासीलाई सरकारले आग्रह गरेको छ । ट्विटर ह्यान्डल ‘नेपाल बाढी सूचना’मार्फत सरकारले प्रदेश १, २ तथा ३ का चुरे तथा पहाड क्षेत्रबाट बहने नदीहरूमा जलसतह बढ्न थालेकाले नदी क्षेत्र आसपासका मानिसलाई सतर्क रहन सूचित गरेको हो ।
भारी बर्षाको कारण प्रदेश १,२, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय नदीहरूमा जलसतह सतर्कता तह आसपास छ, थप बर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलहरूले समेत उच्च जलप्रवाह उच्च हुने देखाएकोले नदीको तटिय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाऔ@NEOCOfficial pic.twitter.com/YYXEG11RAj
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019
सूचनामूलक ट्विटमा वर्षा भोलिसम्म जारी रहने बताइएको छ । बाढी पूर्वासनुमान गर्ने कम्युटर मोडलले समेत जलप्रवाह उच्च हुने देखाएकाले नदीको तटीय क्षेत्रका बासिन्दा भोलिसम्म उच्च सतर्कतामा बस्नुपर्ने सरकारले जनाएको छ ।
यस्तै अर्को ट्विटमार्फत सरकारले बागमती नदीको तराई क्षेत्रमा पानीको बहाब खतराभन्दा माथि पुगेको जनाएको छ ।
विशेष बाढी सूचना!
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019
२७असार२०७६
बागमती नदीको तराई क्षेत्रमा बहाब खतरा माथि, बढ्दो
कमला र कन्काईमा बहाब सतर्कता तह नजिक, बढ्दो
कोसी नदीमा बहाब सतर्कता तह नजिक, बढ्दो।
प्रदेश १,२ र ३ का सवै चुरे खोलाहरुमा बहाब सतर्कता माथि र उच्च खतरा।
भोलि सम्मै कायम रहने
सवै शक्ति प्रतिकार्यमा लगाऔं pic.twitter.com/gXxPXTEWm8
कमला, कन्काई र कोसीमा पानीको बहाब खतरानजिक पुगेको र बढ्दै गएको, मध्य र पुर्वी नेपालका सबै चुरे खोलाहरुमा बहाब सतर्कताभन्दा माथि पुगेको सूचना छ । यो क्रम भोलिसम्मै रहने र खतरा अझ बढ्न सक्ने भन्दै सरकारले सबै शक्ति प्रतिकार्यमा लगाउन आह्वान गरेको छ ।
विभिन्न ट्विटमार्फत सरकारले उच्च सतर्कता अपनाउन लगातार सूचित गरिरहेकाे छ ।
मेची,निन्दा,विरिङ,मावा-रतुवा,नुनखोला,लोहन्द्रा,वुढीखोला,खेसिलिया,सुनशरी खोला,त्रियुगा, वालन, खुट्टी,चुरियाखोला,खाडो,माहुली,रातो,हर्दी,लालबकैया लगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कता भन्दा माथि बाढी आउनेगरी बर्षा भईरहेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ @NEOCOfficial pic.twitter.com/4rjQyirc9W
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019
कमला नदी-धनुषा-तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्ने क्रममा रहेकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनुहुनेहरू बेलुका सम्मै सतर्क रहनुहोला बाढी पूवानुमान शाखा Mass SMS Sent@NEOCOfficial
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।