भारतीय सन्चारमाध्यमले कंगनालाई बायकट गर्ने

एजेन्सी– अहिले बलिउडमा निकै चर्चामा रहेको नाम हो, कंगना रनौट । तर, अब उनलाई भारतीय सन्चारमाध्यमले बायकट गर्न थालेका छन् । रनौटलाई बायकट गर्न भारतको सबैभन्दा ठूलो न्युज एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया (पिटिआई)ले सुरुवात नै गरिसकेको छ । 

पिटिआईका एक अधिकारीले आफ्ना पत्रकारमाथि कंगनाले गरेको दुव्र्यवहारका कारण्ण यो फैसला लिएको बताएका छन् । पछिल्ला दिन फिल्म ‘जजमेन्टल है क्या’लाई लिएर कंगना आक्रोशित देखिएकी छिन् । यही फिल्मको एक कार्यक्रममा उनले पत्रकार जस्टिन रावमाथि जथाभावी बोलेकी थिइन् । 

यस विषयमा कंगनाले माफी माग्नु पर्ने भारतीय सन्चारमाध्यमले अडान लिएका थिए । तर, उनले माफी मागिनन् । बरु उनकी बहिनी रंगोलीले कंगनाले माफी नमाग्ने बताइन् । अब कंगनाले माफी नमागेसम्म पिटिआईले उनीबारे कुनै पनि समाचार नलेख्ने निर्णय गरिसकेको छ ।






  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १३:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया