एजेन्सी– आइफोन । आइफोनमात्र होइन, यसको उत्पादक कम्पनी एप्पलका सबै सामानहरु निकै लोकप्रिय छन्, विश्व बजारमा । तर, चीनमा बन्ने र अमेरिकाबाट मात्र निर्यात हुने भएकाले यसको मूल्य अहिलेसम्म बढी नै छ ।
अब चाहिँ भारतमा बनेका आइफोन बजारमा आउने भएका छन् । उत्पादक कम्पनीले जनाएअनुसार अर्को महिनाबाट नै भारतमा बनेका आइफोन बजारमा भेटिने छन् । योसँगै बजारमा आइफोनको मूल्य घट्न सक्ने अनुमान गरिएको छ ।
न्युज एजेन्सी रोयटर्सका अनुसार फक्सकन कम्पनीले आइफोन भारतमा बनाएको हो ।
अहिले भारतमा नै आइफोन आयात गर्दा २० प्रतिशत आयात शुल्क लाग्ने भएकाले आइफोनको मूल्य नेपालमा पनि महङ्गो हुने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।