काठमाडौं– बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको पहिरोमा पुरिएर विभिन्न ठाउँमा पाँच जनाले ज्यान गुुमाएका छन् ।
प्रहरीका अनुसार बनेपाको नालामा भूकम्पपीडितको घरमाथि पहिरो खस्ता दुई जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् ।
उता, रामेछापमा पनि पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।
भोजपुरमा पानी पसेपछि घरको पर्खाल भत्किएर एकजनाको मृत्यु भएको छ । अर्का एक जनाको पनि भवनको पर्खाल भत्किएर भोजपुरमा मृत्यु भएको छ ।
त्यस्तै, वर्षापछि आएको पहिरोका कारण विभिन्न लोकमार्ग तथा राजमार्ग पनि अवरुद्ध भएका छन् । पाल्पामा सिद्धार्थ राजमार्ग, बिपि लोकमार्ग, अरनिको राजमार्ग तथा नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएका छन् ।
तराईका जिल्लाहरुमा अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न भएका छन् । सुनसरीमा सुकसेना टोलबाट ५० घरपरिवालाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै, जनकपुर पनि जलमग्न भएको छ ।
वर्षापछि काठमाडौंमा सिंहदरबारकै पर्खाल पनि भत्किएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।