टाेरन्टाे– बिहीबार अस्ट्रेलिया गइरहेको एयर क्यानडाको एक विमान वायुमण्डलीय विक्षेभको चपेटामा पर्यो । सुरक्षा पेटी नबाँधेका यात्रुहरु एक्कासि विमानको छतमा ठोकिन पुगे । जसका कारण, विमान आपत्कालीन अवतरण गर्नुपर्यो ।
एयर क्यानडाका प्रवक्ता एन्जेलाले एक वक्तव्यमा भेन्कुवरबाट सिड्नीतर्फ उडेको विमान अचानक विना–पूर्वानुमानको वायुमण्डलीय विक्षोभमा परेको बताएका छन् ।
विमानमा सवार यात्रु स्टेफनी बिमले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भने, ‘जब हामी विक्षोभसँग टकरायौँ, विमान अलिकति तलतिर गयो । म उठेँ र हेरेँ कि मेरा बच्चाहरुले सुरक्षा पेटी बाँधेका छन् कि छैनन् । त्यतिबेलै मैले देखेँ, केही यात्री उचालिएर विमानको छतमा ठोकिन पुगे ।’
उनको भनाइमा एक महिला त यति जोडले ठोकिइन् कि छतमा गाँसिएको अक्सिजन मास्कको बक्स नै फुट्यो ।
उद्धारकर्ताहरुका अनुसार छतमा ठोकिएर ३७ यात्री घाइते भएका छन् । तीमध्ये ९ जनालाई गम्भीर चोट लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।