चाणक्य नीतिः यस्ता साथी नबनाउनुहोस्

एजेन्सी– सबैको जीवनमा साथीहरुको विशेष महत्त्व हुन्छ । यो त एउटा यस्तो सम्बन्ध जुन हामी सहजै आफैं छानिरहेका हुन्छौँ । हामीले को हाम्रो साथी हुने, को हाम्रो साथी नहुने भन्ने तय गरेका हुन्छौँ । 

चाणक्यले एउटा नीति यही विषयमा बनाएका पनि छन् । यदी हामीले यो नीतिलाई ध्यान दिने हो भने हामी पक्कै पनि धेरै समस्याहरुबाट बच्न सक्छौँ ।

चाणक्य नीतिको दोस्रो अध्यायको पहिलो श्लोकमा लेखिएको छः

परोक्षे कार्यहन्तारं प्रत्यक्ष प्रियवादिनम्।
वर्जयेत्तादृशं मित्रं विषकुंभम् पयोमुखम्।।

यसको अर्थ हो, जो साथी हाम्रो अगाडि मीठो कुरा गर्छन् र हाम्रो पछाडि हाम्रैबारे गलत प्रचार गरिरहेका हुन्छन्, त्यस्ता साथीहरुलाई तत्काल छोड्नु पर्छ । यस्ता व्यक्तिहरुले हाम्रो अगाडि राम्रो कुरा वा प्रशंसा गरिरहेका हुन्छन् भने पछाडि अरु व्यक्तिहरुसँग हाम्रोबारे नै नराम्रो भनिरहेका हुन्छन् । यस्ता साथीहरुमा विष भरिएको हुने र त्यसले लामो समयसम्म नोक्सान पुग्ने चाणक्यले बताएका छन् ।

चाणक्य नीतिको दोस्रो अध्यायको छैटौँ श्लोकमा लेखिएको छः



न विश्वसेत् कुमित्रे च मित्रे चाऽपि न विश्वसेत्।
कदाचित् कुपितं मित्रं सर्वं गुह्यं प्रकाशयेत्।।

 

यसको अर्थ हो, हामीले कुमित्रप्रति कहिल्यै भरोसा गर्नु पनि हुँदैन । यतिमात्र होइन, कोही असल मित्र छ भने पनि उसमाथि हामीले पूर्ण रुपमा भरोसा मान्नुहुँदैन । भविष्यमा यस्ता साथीहरुसँग झगडा परेको खण्डमा आफ्नो सबै राज खोलिदिने भएकाले सचेत हुनु पर्ने चाणक्य नीतिमा उल्लेख गरिएको छ ।



  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार २२:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया