फिल्म रिलिजअघि सधैं विवादमा आउने कंगनाबारे के भन्छन् उनका पूर्वसहकर्मी ?

एजेन्सी– पछिल्लो समय बलिउडमा अभिनेत्री कंगना रनौटको विषयलाई लिएर विभिन्न कलाकारले विभिन्न अभिव्यक्ति दिन थालेका छन् । तिनैमध्येका एक हुन्, तनु वेड्स मनु भन्ने फिल्ममा कंगनासँगै काम गरेका जिम्मी शेरगिल । 

जिम्मीले पनि कंगना फिल्म रिलिजअघि सधैं विवादमा आउने कुरालाई लिएर आफू आश्चर्यमा परेको बताएका छन् । ‘कतै यो नियोजित त होइन,’ उनले भारतीय मिडिया टाइम्स अफ इन्डियालाई भनेका छन्, ‘नत्र किन उनी सधैं फिल्म आउने समयमा मात्र विवादमा आउँछिन् ?’

जिम्मीले कंगनासँग जसको कुरा नमिलेको हो, उसँग बसेर दुई जनाले सल्लाह गरे यो समस्या समाधान भइहाल्ने तर उनीहरु दुईका कारण पूरै क्षेत्रमा हल्ला भएकोमा आपत्ति पनि जनाएका छन् । जिम्मीले आफूले कंगनासँग काम गर्दा चाहिँ कुनै समस्या नभएको पनि बताएका छन् ।






  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार २२:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया