सोनाक्षीको ढोका ढकढकाउन प्रहरी पुगेपछि

एजेन्सी– बलिउडकी चल्तीकी अभिनेत्री हुन्, सोनाक्षी सिन्हा । तर, पछिल्लो समय उनी निकै समस्यामा फँसेकी छिन् । अब त उनको ढोकासम्म प्रहरी नै पनि पुग्न थालेको छ । 

यो खासमा एउटा कार्यक्रममा पर्फमेन्स गर्छु भनेर सोनाक्षीले भनेको तर उनी त्यो कार्यक्रममा नगएपछि त्यसका आयोजकले हालेको उजुरीका कारण हो । त्यही कार्यक्रमका लागि भनेर सोनाक्षीले ३७ लाख रुपैयाँ एडभान्स पनि लिएको तर पछि त्यसलाई फिर्ता पनि नगरेको आयोजकको आरोप छ । 

यही विषयमा मुरादाबादको प्रहरी सोनाक्षीको घरसम्म पुगेको थियो । तर, सोनाक्षीले यी सब आरोपलाई अस्वीकार गरेकी छिन् । उनले ती आयोजकले कार्यक्रम गर्न नसकेको तर अहिले आएर आफ्नो छवि धमिलो बनाउन यस्तो हर्कत् गरेको आरोप लगाएकी छिन् । 

सोनाक्षी जाने भनिएको त्यो कार्यक्रमका एक आयोजकले पहिले प्रहरीमा उजुरी दिँदा पनि केही नभएपछि विष खाएर मर्ने प्रयास गरेका थिए । यही कारणले पनि अहिले प्रहरीले यो मुद्दालाई विशेष ध्यान दिएर हेरिरहेको छ ।





  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार २३:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया