बाढीको कहरः डुब्यो गौर, अन्य स्थानमा पनि सयौँ परिवार विस्थापित

रौतहट– बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण बाग्मती र लालबकैया नदीमा आएको बाढी र भारतले ६ किलोमिटर लामो तटबन्ध निर्माण गरेका कारण रौतहट डुबानमा परेको छ । 

रौतहटको सदरमुकाम गौर पूरै रुपमा डुबेपछि स्थानीयहरुको उद्धार सुरु गरिएको छ । 

बाढी बस्तीमा पसेपछि सदरमुकाम र १८ वटा स्थानीय तहका पाँच हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् ।

गौरमा मात्र १० फिटभन्दा बढी पानी जमेको छ । तर, वर्षा नरोकिएसँगै यो समस्या झन् बढ्ने अनुमान छ । त्यहाँ पुग्ने सडक सन्जाल टुटेका कारण पनि उद्धारमा समस्या भएको छ । सुरक्षाकर्मीकै ब्यारेक र अन्य कार्यालयहरु पनि डुबानमा परेका छन् । 

बाढीका कारण सडक सम्पर्कमात्र टुटेको होइन, फोन तथा अन्य सन्चार सेटले पनि काम गर्न छाडेका छन् । ‘पूरै जिल्ला सम्पर्कविहिन भएको छ,’ रौतहटका अधिकारीहरुले भनेका छन्, ‘पानी परिरहेका कारण सम्पर्क हुन नसकेका ठाउँहरुमा पुग्न पनि सकिएको छैन ।’

बाढीका कारण पर्सामा मात्र हाेइन मध्य र पूर्वका अधिकांश जिल्लाहरुमा सयाैँ परिवार विस्थापित भएका छन् । 



 



  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार ११:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया