मलेसियालाई सात विकेटले हरायो नेपालले, पारसको अर्धशतक

काठमाडौं– मलेसियासँगको दुई दिने टि–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । नेपालको जितका लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे । 

मलेसियाले दिएको १ सय २९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले १८ ओभरमा नै लक्ष्य भेट्ट्यायो । यसका लागि कप्तान पारस खड्काको अविजित ८६ रनको महत्वपूर्ण योगदान रह्यो । पारसले ५० बलमा ८ चौका र ५ छक्काको सहायतमा यो योगफल तयार पारेका हुन् । 

मलेसियाले यो खेलको सुरुवातमा खासै राम्रो गर्न सकेन । उसका चार ब्याट्सम्यान शून्य रनमा पेभेलियन फर्किए । नेपालका करण केसीले ३, सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । 

नेपालले पनि सुरुवाती चरणमा राम्रो गर्न सकेन । नेपालका ज्ञानेन्द्र मल्ल ७ रन, रोहित पौडेल ५ रन बनाएर पेभेलियन फर्किएका थिए । 

नेपालले दोस्रो खेल मलेसियासँग आइतबार खेल्दैछ । ६ साउनदेखि सिंगापुरमा हुने टि–२० विश्वकप छनोट खेल्न नेपाल मलेसिया पुगेको हो । 





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १२:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया