राहत वितरण स्थानीय सरकारमार्फत् गरिने

काठमाडौं– अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रभावितहरुका लागि स्थानीय तहका सरकारमार्फत् नै राहत वितरण गर्ने निर्णय सरकारले गरेको छ । 

आपत्कालीन रुपमा शनिबार गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले प्रदेश सरकारसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट स्थानीय तहबाट राहत वितरण गर्ने निर्णय गरेको हो । 

गृहसचिव प्रेम कुमार राईका अनुसार यही तरिका नै सबैभन्दा प्रभावकारी हुने भएकाले यसलाई प्राथमिकतामा राखिएको हो । ‘प्रभावित क्षेत्रमा स्थानीय सरकारको उपस्थिति सबैभन्दा पहिले हुनसक्ने कुरालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो,’ उनले फरक धारसँग भने ।

उता, प्रदेश दुई सरकारले बाढीमा परि मृत्यु भएका परिवारलाई जनही एक लाख दिने निर्णय पनि गरिसकेको छ । बाढीका कारण सबैभन्दा बढी प्रदेश २ र प्रदेश १ मा क्षति पुगेको छ । 

प्रदेश दुई सरकारको शनिबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्रदेशमा सडक सन्जाल टुटेको भन्दै केन्द्र सरकारसँग उद्धारका लागि हेलिकोप्टर माग्ने निर्णय पनि गरेको छ ।





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १६:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया