हिजबुल्ला नेता भन्छन्, 'इरान–अमेरिका युद्ध भए इजरायल ध्वस्त हुन्छ'

बेरुत– लेबनानी संगठन हिजबुल्लाका नेता हसन नसरल्लाले यदि अमेरिका र इरानबीच युद्ध भयो भने त्यसको मारमा अमेरिकाको सहयोगी राष्ट्र इजरायल पर्ने बताएका छन् । 

इरान समर्थित हिजबुल्लाका अल मनार टेलिभिजन च्यानलमा प्रसारित साक्षात्कारमा नेता हसन नसरल्लाले भनेका छन्, ‘इरान इजरायलका विरुद्ध ठूलो शक्तिका साथ बमबारी गर्न सक्षम छ ।’

अमेरिका र इरानबीच तनाव बढ्दै गएका वेला आएको नसरल्लाको यो बयानलाई महत्वका साथ हेरिएको छ । साक्षात्कारमा नसरल्ला भन्छन्, ‘जब अमेरिकी बुझ्छन् कि यो युद्धले इजरायललाई समाप्त गर्न सक्छ, तब उनीहरु यसमा पुनर्विचार गर्नेछन् ।’

यो क्षेत्रमा हाम्रो सामूहिक जिम्मेवारी इरानमा अमेरिकी युद्ध रोक्ने दिशामा काम गर्ने हो,’ नसरल्ला थप्छन्, ‘यो संघर्षलाई बढाउनुमा न साउदीको न त युएईको कुनै हित छ ।’

हिजबुल्ला लेबनानी सिया मुस्लिम समुदायमा आधारित एक शक्तिशाली विद्रोही संगठन हो । यसका राजनीतिक र सैन्य संगठन अलग–अलग छन् । अमेरिका भने हिजबुल्लालाई आतंकवादी मान्छ । 





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १८:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया