बढीपहिरोमा परि मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं– बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ३४ पुगेको छ । 

प्रहरी प्रधान कार्यालयले जनाएअनुसार ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौंमा ३ जना, मकवानपुरमा ३ जना, खोटाङमा ३ जना, काभ्रेमा ३ जना र सिन्धुली र धादिङमा २–२ जना र पाल्पा, ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवनमा एकएकजनाको मृत्यु भएको हो । 

साथै अहिलेसम्म विभिन्न जिल्लामा १६ जनाभन्दा बढी बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले देशभर २७ हजारभन्दा धेरै प्रहरी खटिएको जनाएको छ ।





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार २०:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया