वेलिंगटन– क्राइस्टचर्च मस्जिद हमलापछि न्युजिल्यान्डमा सेमी–अटोमेटिक हतियार अन्त्य गर्नुपर्ने माग चुलिएका बेला आज दर्जनौँ न्युजिल्यान्डवासीले सरकारी एजेन्सीलाई हतियार सुम्पिएका छन् ।
चार महिनाअघि क्राइस्टचर्चस्थित एक मस्जिदमा भएको बन्दुक हमलामा ५१ जनाको ज्यान गएको थियो । घटनापछि देशभरबाट सेमी–अटोमेटिक हतियार अन्त्य गर्नुपर्ने आवाज उठेसँगै विपक्षी दलसहितको समर्थनमा सरकारले बन्दुकसम्बन्धी कानुनमा कडाइ गर्ने नीति अख्तियार गरेको थियो ।
समाजबाट खतरनाक हतियार हटाउने अभियानअन्तर्गत दुई घन्टामा ६८ हतियार मालिकले ९७ थान हतियार सरकारलाई बुझाए । हतियार सुम्पिने प्रक्रियाको त्यहाँको सशस्त्र प्रहरीले निरीक्षण गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।