नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य

काठमाडौं– टी–२० खेलको सिरिजमा दोस्रो खेलमा मलेसियालाई नेपालले १७४ रनको लक्ष्य दिएको छ । 

मलेसियामा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन जोडेको हो । 

नेपालका लागि ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरे । उनले २५ बलमा ३ चौका र पाँच छक्काको सहयोगमा ५१ रनको योगदान दिएका हुन् । 

अर्का ब्याट्सम्यान शरद भेषवाकरले ४० रन जोडे । कप्तान पारस खड्का २३, पवन सर्राफ १० रनमा पेभेलियन फर्किए । अन्य ब्याट्सम्यानमा ज्ञानेन्द्र मल्लले ७, रोहित कुमारले १९, करण केसीले १६ रन बनाए ।

मलेसियाका लागि फित्री सामले सबैभन्दा धेरै ३ विकेट लिए । 

यसअघि शनिबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले जित निकालेको थियो । 



६ साउदेखि सिंगापुरमा हुने टी–२० विश्वकप एसिया छनोटको प्रतियोगिताका लागि त्यसतर्फ उडेको नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । 



  • प्रकाशित मिति : असार २९, २०७६ आइतबार ९:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया