बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो

काठमाडौं– अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परि मृत्यु हुनेहरुको संख्या ६५ पुगेको छ । नेपाल प्रहरीले जनाएअनुसार यीमध्ये ४१ पुरुष र २१ महिला छन् । 

प्रहरीले ३० जना अझै बेपत्ता भएको र ३८ जना घाइते भएको पनि जनाएको छ । प्रहरीका अनुसार विभिन्न ठाउँबाट १ हजार ४ सयभन्दा धेरैको सकुशल उद्धार भएको छ ।

वर्षा कम हुँदै गएपछि बाढीका कारण भएका समस्याहरु क्रमशः घट्दै गइरहेका छन् । तर, विभिन्न स्थानमा पहिरो गएकाले अझै पनि कतिपय सडक सन्जालहरु टुटेका छन् ।





  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार १०:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया