सशस्त्र प्रहरीका विष्टलाई हाफ म्याराथनको उपाधि

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरमा सोमबार सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जितेका छन् । 

‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेसँगै सशस्त्र प्रहरी बलका विष्टले रु एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । 
        
शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट सुरु भएको दौडका उपाधि विजेता विष्टले एक घन्टा १५ मिनेट ३३ सेकेण्डमा दूरी पार गरेका थिए । यसअघि भीमदत्तनगरपालिकाको आयोजनामा भएको जैविकमार्ग हाफ म्याराथन प्रतियोगितामा पनि विष्टले उपाधि जितेका थिए । 
    
त्यसैगरी, महिलातर्फ कञ्चनपुरको भीमदत्तनगरपालिकाको गड्डाचौकीका रेखा चन्दले उपाधि जितेकी छन् । हाफ म्याराथनको दूरी रेखाले एक घण्टा ४० मिनेटमा पार गरेका थिइन् । उपाधि उचालेसँगै रेखा पनि एक लाख नगदबाट पुरस्कृत भएकी छिन् । 
    
त्यस्तै, पुरुष हाफ म्याराथनमा नेपाली सेनाका सुमन महादेन उपविजेता बने । उनले एक घण्टा २१ मिनेटमा दूरी पार गर्दै उपविजेता बनेका हुन् । उपविजेता भएसँगै सेनाका सुमनले ६० हजार नगदसहित पुरस्कृत भएका छन् । स्थानीय लक्ष्मण भण्डारी तेस्रो भएका छन् । उनले रु ४० हजारसहित पुरस्कृत भए भने प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका सन्तोष बोहरा चौथो भएसँगै २० हजारसहित प्रमाणपत्र र पुरस्कार पाए ।
    
महिलातर्फ भीमदत्तनगरपालिकाको बागफाँटाका लक्ष्मी बम उपविजेता बनेकी छन् ।  लक्ष्मीले म्याराथनको दूरी एक घण्टा ४३ मिनेटमा पार गरिन् । उपविजेता लक्ष्मी ६० हजारसहित पुरस्कृत भइन्  । 
    
त्यसैगरी, नेपाली सेनाका कविता जनाल र सेनाकै अमृतिनाथ तेस्रो र चौथो भए । तेस्रो हुने खेलाडीलाई ४० हजार र चौथोलाई २० हजार प्रदान गरिएको छ । प्रतियोगिताको उपाधि विजेतालाई एक लाख पुरस्कार प्रदान गरिएको छ भने महिला तथा पुरुष दुवैतर्फ पाँचौँ र छैटौँ हुने धावकलाई १०१० हजार प्रदान गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले जानकारी दिए । 





  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार १६:८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया