बाढीपीडितलाई कांग्रेस सांसदले पाँच दिनको तलब दिने

काठमाडौं– केही दिनअघिसम्म आएको अविरल वर्षाका कारण पीडितहरूलाई नेपाली कांग्रेसका तर्फबाट विजयी भएका सांसदहरूले सहयोग गर्ने भएका छन् । कांग्रेसबाट निर्वाचित सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितलाई आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका हुन् ।

सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले एक विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदको पाँच दिनको तलब दिने जानकारी गराएका छन् । 

विज्ञप्तिमा उनले संसदको अन्य कारबाही स्थगन गरी बाढी पहिरोको विपद् व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको आरोप लगाइएको छ । 

खाणद्वारा जारी विज्ञप्तिमा सरकार संसदको सामना गर्न तयार नहुनु दुःखद भएको उल्लेख गर्दै लेखिएको छ, ‘सरकारको यस्तो असंवेदनशील, अनुत्तरदायी र असहिष्णु कार्यप्रति कांग्रेस खेद प्रकट गर्छ ।’





  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार १७:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया