काठमाडौं– आषाढ शुक्ल पूर्णिमाको दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरि गुरुपूर्णिमा मनाइँदै छ ।
ज्ञानको प्रकाशल अज्ञानताको अन्धकार नाश गराउने र त्यसमा सहयोग गर्ने व्यक्तिलाई गुरु मानिने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
गुरुलाई हिन्दु धर्मशास्त्रले ब्रह्मा, विष्णु र महेश्वरको तीन अवतारका रुपमा समेत मान्ने गरेको छ । त्यसैले त मातापिताजस्तै गुरुलाई पनि समान मान्यार्थको भावले हेरिन्छ ।
नेपालमा गुरुपूर्णिमाको दिन आज विद्यालय तथा कलेजहरुमा विभिन्न कार्यक्रम गरेर गुरुहरुलाई श्रद्धाभाव प्रकट गरिन्छ ।
आजकै दिन वेदव्यास जयन्ती पनि मनाइन्छ । व्यासले वेदलाई ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरि चार भागमा विभाजन गरेर सबैलाई बुझाउन सहयोग गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।