हेमाले लगाएको झाडुबारे धर्मेन्द्रको जवाफले जित्यो मन

एजेन्सी– ८३ वर्षका धर्मेन्द्र देवल अहिले पनि सामाजिक सन्जालमा उत्तिकै सक्रिय छन् । उनी अक्सर आफ्नो जीवनसँग जोडिएका अपडेटबारे प्रशंसकलाई जानकारी सामाजिक सन्जालबाट नै जानकारी गराइरहेका हुन्छन् । 

यतिमात्र होइन, उनी आफ्ना प्रशंसकका प्रश्नको जवाफ पनि खुलेर नै दिने गर्छन् । 

पछिल्लो समय पनि उनी ट्विटरमा आफ्ना प्रशंसकसँग बोलिरहेको एउटा कुरा निकै चर्चामा आइरहेको छ । 

त्यसमा उनले हेमा मालिनीबारे कमेन्ट गरेका हुन् । 

हेमा मालिनीले केही दिनअघि संसद भवनबाहिर कुचो लगाउँदै गरेको एउटा भिडियो बाहिरिएको थियो । उनले कुचो लगाएको देखेर सबैले उनलाई सामाजिक सन्जालमा उडाइरहेका छन् । यही विषयमा धर्मेन्द्रले लेखेका छन्, ‘मलाई पनि हेमाको त्यो काम अनाडी लागेको थियो ।’ 





  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार ९:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया