मुम्बईमा चार तले भवन भत्कियो, ४० जना पुरिए

एजेन्सी– भारतको मुम्बईमा एउटा चार तले भवन अचानक ‘कोल्याप्स’ हुँदा ४० जना भग्नावशेषमा परेका छन् । 

भारतीय सन्चारमाध्यमका अनुसार भवन किन भत्कियो भन्ने खुलेको छैन । अहिलेसम्म त्यहाँ कुनै मानवीय क्षति नभएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । 

डोङ्ग्रीमा भएको यो भवनको कोल्याप्सबारे विभिन्न अनुमान चाहिँ गरिएका छन् । केहीले भवन एक सय वर्ष पुरानो भएकाले भत्किएको हुनसक्ने अनुमान गरेका छन् । 

भग्नावशेषमा पुरिएका कम्तिमा ४० जनाको उद्धार सुरु भएको छ ।





  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार १३:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया