कारगिल युद्ध दोहोरियो भने त्यो अन्तिम लडाइँ हुनेछ – भारतीय वायुसेना प्रमुख

नयाँ दिल्ली– कारगिल युद्धको २० वर्ष पुगेको अवसरमा भारतीय वायुसेना प्रमुख बिएस धनोआले यदि कारगिल दोहोरियो भने त्यो अन्तिम लडाइँ हुने भन्दै आफू त्यसका लागि पूरै तयार रहेको बताएका छन् । धनोआको यो भनाइलाई भारतीय वायुसेनाको तर्फबाट पाकिस्तानलाई घुमाउरो भाषामा दिइएको चेतावनीको रुपमा हेरिएको छ । 

नयाँ दिल्लीमा आयोजित एक सेमिनारमा बोल्दै धनोआले केही महिनाअघि पाकिस्तानको बालाकोटमा भारतले गरेको एयर स्ट्राइकको उदाहरण दिँदै अब भारतीय वायुसेना कुनै पनि मौसममा लगातार बमबारी गर्न सक्षम रहेको बताए ।

कारगिल युद्धपछि वायुसेनाको क्षमता निकै बढेको भन्दै उनले अब भारतीय वायुसेना पारम्परिक र गैरपारम्परिक युद्धका समय कुनै पनि प्रकारको हवाई खतरासँग जुध्न तयार रहेको बताए । 

भारतको पुलवामामा ४० अर्धसैनिकको ज्यान जानेगरी भएको आतंककारी हमलाको जवाफमा भारतले पाकिस्तानको बालाकोटमा एयर स्ट्रइक गरेपछि पछिल्ला केही महिना भारत–पाक सम्बन्ध निकै तनावपूर्ण रह्यो । त्यही तनावका कारण भारतका लागि पाँच महिनादेखि बन्द रहेको पाकिस्तानी हवाई क्षेत्र केही घन्टाअघि मात्रै पाकिस्तानले खुला गरेको थियाे । 





  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार २०:२०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया