सञ्चय कोष र नागरिक लगानी कोषमा आबद्ध संस्थाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना ऐच्छिक

काठमाडौं– बजेट भाषणमार्फत सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना साउन १ बाट लागू भएको छ । जुन योजनामा सहभागी हुनेले आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ । 

जसमध्ये रोजगारदाताले २० प्रतिशत बेहोर्नुपर्नेछ भने योगदानकर्ताले ११ प्रतिशत जम्मा गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ ।
तत्पश्चात् कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाहरुअनुसार सुविधा पाइनेछ । कोषले अहिले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।

सरकारी क्षेत्र मात्र होइन, निजी क्षेत्रका श्रमिक पनि यो योजनामा आबद्ध हुनुपर्नेछ । हालसम्म ३७ सय प्रतिष्ठानका करिब २० हजार श्रमिक यसमा आबद्ध भइसकेको तथ्यांक छ । कोषले सबै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचीकृत हुने म्याद असोज मसान्तसम्म दिएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा केही संशोधन भएको छ । जसअनुसार अन्य सामाजिक सुरक्षा योजनामा समाहितलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐच्छिक मात्र हुने व्यवस्था मिलाएको छ ।

अब सञ्चय कोष र नागरिक लगानी कोषमा आबद्ध भइसकेकाहरुले आफ्नो निर्णय गर्न पाउनेछन् । सञ्चय कोषमा निजी क्षेत्रका करिब डेढ लाख सञ्चयकर्ताको करिब ३५ अर्ब रुपैयाँ छ भने नागरिक लगानी कोषमा आबद्ध करिव ४८ सय संस्था र साढे ६ लाख सेवाग्राही छन् ।





  • प्रकाशित मिति : साउन १, २०७६ बुधबार १६:५३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया