तीन सय बिजुली बस किन्न सरकारले साझा यातायातलाई दियो ३ अर्ब रुपैयाँ

काठमाडौं– सरकारले सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने भएको छ । सोही उद्देश्यका लागि सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । 

सरकारले ३ सय बिजुली बस सञ्चालन गर्ने लक्ष्यअनुरुप साझालाई सो रकम प्रदान गरेको हो । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिएको हो । 

यस्तो बस खरिदका लागि सरकारले चार्जिङ क्षमता, सिट संख्यालगायत स्पेसिफिकेसन तोकेको छ। यसबारे मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी गराउनेछ।





  • प्रकाशित मिति : साउन १, २०७६ बुधबार १७:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया