[भारत] १०० बिघा जमिनको विवादले १० जनाको ज्यान लियो, दर्जन बढी घाइते

नयाँ दिल्ली– भारतको उत्तर प्रदेशस्थित सोनभद्र जिल्लामा जग्गाको विषयमा चर्किएको विवादले हिंसात्मक झडप निम्त्यायो । झडपमा १० जनाको ज्यान गयो भने एक दर्जनभन्दा बढी घाइते भए ।

स्थानीयका अनुसार झडपका दुई पक्षबीच १०० बिघा जमिनको विषयमा दुई वर्षदेखि विवाद थियो । दुई वर्षअघि सो जमिन गाउँका प्रधानले किनेका थिए ।

बुधबार प्रधान आफ्ना सहयोगीसहित जग्गा कब्जा गर्न गएका थिए । भोगचलन गरिरहेका स्थानीयले विरोध गरेपछि झडपको स्थिति बन्यो । दुई पक्षबीच इँटा, भाला, खुँडा, बन्चरो हानाहान भयो । दुवै पक्षबाट फयरिङसमेत भयाे । 

झडपलगत्तै घटनास्थल पुगेको प्रहरीले घाइतेलाई अस्पताल पुर्याएको थियो । घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर रहेको प्रहरीले बताएको छ । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति खेद प्रकट गर्दै घाइतेको तत्काल उपचारका लागि सबै सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् ।मुख्यमन्त्री आदित्यनाथले घटनाको अनुसन्धान र कारबाही प्रक्रियामाथि आफैँ निगरानी राख्न जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । 
 





  • प्रकाशित मिति : साउन १, २०७६ बुधबार १८:४७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया