चिहानमा पनि कर !

इस्लामावाद– पाकिस्तानको लाहोर नगर निगमले सहरभित्र बन्ने नयाँ कब्र (चिहान) मा कर लगाउने प्रस्ताव पन्जाब प्रान्त सरकारसमक्ष पेस गरेको छ ।

पाकिस्तानी अखबार ‘जंग’को रिपोर्टअनुसार नगर निगमले आफ्नो क्षेत्राधिकारभित्र पर्ने कब्रिस्तानहरुमा बन्न आउने नयाँ चिहानबाट प्रतिचिहान १ हजारदेखि १५ सय पाकिस्तानी रुपैयाँ उठाउने प्रस्ताव मन्जुरीका लागि सरकारलाई पठाएको छ । 

प्रस्तावमा चिहानबाट उठाइने रकम कब्रिस्तानको रेखदेखका लागि प्रयोग हुने भन्दै यसले कब्रिस्तानको व्यवस्थापन राम्रो हुने तर्क गरिएको छ ।

रिपोर्टअनुसार, पाकिस्तानमा अहिले सामान्यतया एउटा शव ‘दफन’ गर्न १० हजार रुपैयाँ (झन्डै ७ हजार नेपाली रुपैयाँ) खर्च हुन्छ । चिहानमा कर लगाउने प्रस्ताव पारित भए यो खर्च अझ बढ्नेछ । 





  • प्रकाशित मिति : साउन १, २०७६ बुधबार १९:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया