अक्षयले बाढी पीडितलाई ३ करोड दिने

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार फिल्मका लागि मात्र होइन, उदार मन भएकाले पनि बेलाबेलामा चर्चामा आउँछन् । यसपटक उनी भारतका विभिन्न ठाउँका बाढीपीडितका लागि कम्तिमा पनि २ करोड भारतीय रुपैयाँ दिने भएकाले चर्चामा आएका छन् । आफ्नो ट्विटरबाट उनले आफूले बाढीपीडितलाई सहयोग गर्न लागेको खुलाएका हुन् । 

अक्षयले ट्विटमा असममा बाढीले गर्दा गरेको क्षतिबारे थाहा पाएर आफू दुखी भएको बताएका छन् । त्यसका लागि उनले आफूले सिएम राहत कोषमा १ करोड र काजिरंगा नेसनल पार्कका लागि १ करोड दिने उल्लेख गरेका छन् ।

अर्की अभिनेत्री प्रियंका चोपडाले पनि मुख्यमन्त्री राहत कोषमा आफूले पनि पैसा जम्मा गर्ने बताएकी छिन् । 





  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार ९:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया