जापानको एनिमेसन स्टुडियोमा आक्रमण, कम्तिमा १० को मृत्यु

एजेन्सी– जापानको एक एनिमेसन स्टुडियोमा भएको आक्रमणमा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । यो घटना जापानको क्योटो सहरको हो ।

त्यहाँका मिडियाहरुका अनुसार एक व्यक्तिले एनिमेसन अफिसमा छिरेर केही तरल पदार्थ फालेका थिए । त्यही तरल पदार्थबाट त्यहाँ आगलागी सुरु भएको स्थानीय प्रहरीले जनाएको छ ।

त्यहाँ आक्रमण गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । उनको नाम खुलाइएको छैन । 

त्यहाँ अधिकारीहरुका अनुसार अन्य दस जना निकै गम्भीर छन् । 

क्योटो एनिमेसनले विश्वमै प्रसिद्ध केही एनिमेसनका कार्यक्रम उत्पादन गर्दै आएको छ ।






  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार ११:५५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया