१० वर्षीया बालिका बलात्कार अभियोगमा ६५ वर्षे वृद्ध पक्राउ, म्याद थप गरी अनुसन्धान थालियाे

ओखलढुंगा– १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् । ओखलढुंगा प्रहरीका अनुसार, बलात्कार अभियोगमा बुधबार दिउँसो पक्राउ परेका चिसंखुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्मरबहादुर रानामगरविरुद्ध आज जबरजस्ती करणी मुद्दा दर्ता गरेर म्याद थप गरी अनुसन्धान थालिएको छ । 

बालिकाका अभिभावकले घरमा कोही नभएको समयमा अम्मरबहादुरले छोरीलाई शौचालयमा लगेर बलात्कार गरेको प्रहरीलाई बताएका छन् । बालिकाले आफूमाथि करणी भएको बताएपछि अभिावकले प्रहरीमा उजुरी दिएका थिए । 

अभिभावकले प्रहरीलाई खबर गरेको थाहा पाएर आरोपी अम्मरबहादुर घरबाट भागेका थिए । भाग्दाभाग्दै बुधबार दिउँसो उनी प्रहरी फन्दामा परेका थिए । प्रहरीका अनुसार, रुम्जाटार अस्पतालमा बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ, र उनको अवस्था सामान्य छ ।





  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार १७:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया