धनगढीमा शक्तिशाली बम विस्फोट, ५ घाइते

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाको शहिद गेटमा शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटमा पाँच जना घाइते छन् । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

यो बम विस्फोट विप्लव समूहले विस्फोटक पदार्थ ओसारपसार गर्दा भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

सहिद गेटको निलम होटलअगाडि भएको विस्फोट शक्तिशाली बम विस्फोट भएको प्रहरीले अनुमान गरेको छ ।

घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ । घाइतेहरुको उपचार स्थानीय अस्पताल मेट्रोमा भइरहेको छ  । टिफिन बक्समा हालेर ल्याइएको विस्फोटक पदार्थ विस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । 





  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार २२:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया