इराकमा महिलाले जन्माइन् ६ छोरीसहित ७ बच्चा

एजेन्सी– कहिलेकांही तीन वटा बच्चा जन्माएकाे पनि ठूलाे समाचार बन्छ । तर, पूर्वी इराकको दियाली प्रान्तमा २५ वर्षकी एक महिलाले ७ बच्चालाई एकैपटकमा जन्म दिएकी छिन् । यो पहिलो घटना जब नर्मल डेलिभरीबाट एउटी महिलाले यति धेरै बच्चालाई जन्म दिएकी छिन् । ६ छोरी र एक छोरा जन्माएकी ती महिला र जन्मिएका सबै बच्चाको स्वास्थ्य राम्रो रहेको त्यहाँका चिकित्सकले जनाएका छन् ।

यसअघि सन् १९९७ मा अमेरिकाको लोआ राज्यमा एक महिलाले सात बच्चालाई एकै पटकमा जन्म दिएकी थिइन् । यो समाचार आएपछि तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन त्यो परिवारसँग व्यक्तिगत रुपमा भेट्न गएर बधाई दिएका थिए । उनले ती घरलाई आर्थिक मद्दत गर्दै ती सबै बच्चाहरुलाई छात्रावृत्तिमा पढाएका पनि थिए । 

यसअघि सन् २०१३ मा लेबनानको एक अस्पतालमा एक महिलाले ३ छोरा र ३ छोरीलाई जन्म दिँदा विश्वभर यो समाचार भाइरल भएको थियो । 

उता, इराकमा एकै पटकमा सात बच्चा जन्मिएपछि त्यो परिवारमा खुसीयाली छाएको छ । ती बच्चाका बाबुले बच्चाहरुलाई हेर्न परिवारमा १० जना रहेको र अब अरु बच्चा नजन्माउने बताएका छन् । यो समाचार आएलगत्तै यो जोडीलाई सेलेक्टिभ रिडक्सन गरेको आरोप लागेको थियो । सेलेक्टिभ रिडक्सन भनेको भ्रूणको संख्या कम गर्नु हो । तर, दुवै जनाले यो आरोपलाई खारेज गरेका थिए । 





  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार २३:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया