महिनावारी गडबढ हुन्छ ? यसकारण भएकाे हुनसक्छ

सामान्यतया महिनावारी २८ देखि ३२ दिनमा हुने गर्छ । तर महिनावारी नियमित रुपमा नहुनु धेरै महिलाहरुको समस्या हो । महिनावारी रोकिएको समयमा महिलाहरुमा गर्भवती भएको हो कि भन्ने शंका धेरै हुन्छ । तर अन्य कारणले पनि महिनावारी रोकिन सक्छ, धेरै कारणहरु मध्ये हर्मोनको परिवर्तन हुनु वा कुनै विरामीका कारणले महिनावारी रोकिन्छ । यहाँ महिनावारीको समय चक्रमा परिवर्तन आउनुको कारण उल्लेख गरिएको छ । 

१.थाईराइडको कारण हर्मोन असन्तुलन हुनु 
थाईराइडका कारण मानिसको शरिरमा हर्मोन असन्तुलन हुन्छ । औसतभन्दा धेरै सक्रिय हुने र कम सक्रिय हुनाले शरीरमा थायराक्सिन र अन्य हर्मोनको असन्तुलन हुन्छ । हर्मोन्सको असन्तुलनका कारण महिनावारीमा गडबढ हुन सक्छ । यो समयमा रगत जाँच गर्नु स्वास्थ्यको लागि उपयुक्त हुन्छ । 

२. धेरै एन्टिबायोटिक्सको प्रयोग गर्नु 
लामो समयसम्म विरामी हुँदा धेरै क्षमता भएको एन्टीबायोटिक औषधिको प्रयोग गरिन्छ । यो औषधिले एस्ट्रोजन र प्रोजेस्टेरोनको स्तरमा असर गर्छ र ओभुलेशन प्रक्रिया प्रभावित हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह अनुसार उपचार गराउनु आवश्यक हुन्छ । 

३.पोलिसिस्टिक ओभरी सिंड्रोमको कारण 
यो अवस्थामा महिलाको अन्डाशय वा ओभरीमा सानो सिस्टस उत्पन्न हुन्छ र यो सामान्य अन्डोत्सर्गको प्रक्रियालाई जटिल बनाईदिन्छ । बढी तौल भएका र जीवनशैली अनियमित भएका व्यक्तिहरुकोलाई यस किसिमको समस्या देखा पर्छ । कुनै पनि किसिमको लक्षण देखा परेमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । 

४. तौल घटबढ भईरहनु
शरिरको तौल घटबढ हुँदा महिनावारीमा असर पर्छ । तौल धेरै बढ्दा वा घट्दा महिनावारी चक्रमा नकारात्मक प्रभाव पर्छ र महिनावारी अनियमित हुन्छ । बढी तौल भएका महिलामा एस्ट्रोजन हर्मोनको उत्पादन धेरै हुन्छ र एस्ट्रोजन हर्मोन परिवर्तन हुन्छ जसले गर्दा महिनावारी अनियमित हुन्छ ।  

५. धेरै शारिरिक परिश्रम गर्नु 
तौल घटाउनलाई शरिरको क्षमता भन्दा बढी व्यायाम गर्दा पनि महिनावारी प्रभावित हुन्छ । यसकारण व्यायामसँगै पौष्टिक तत्वलाई समेत प्राथमिकतामा राख्न जरुरी छ । धेरै कसरतले शरिरको हर्मोन असन्तुलित हुन जान्छ । एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनले महिनावारीलाई सामान्य राख्नका लागि मद्दत गर्छ । धेरै शारिरिक अभ्यासले महिनावारीमा परिवर्तन ल्याउँछ । 
 





  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार २३:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया