एजेन्सी– साधारणतया नरिवलको प्रयोग पूजापाठका लागि गरिन्छ । तर तपाईंलाई थाहा नहुन सक्छ नरिवलका अनेक फाइदा छन् । नरिवलको एक टुक्राले मानिसको जीवनमा धेरै फाइदा लिन सकिन्छ ।
नरिवलको सेचनले शक्ति प्रदान गर्नुका साथ दिमागलाई पनि तेजिलो बनाउने काम गर्दछ । नरिवलमा भिटामिन, कार्बोहाडड्रेड तथा प्रोटिन पर्याप्त पाइन्छ । गर्मी महिनामा नरिवलको पानी पिउनाले शरीरलाई चिसो बनाउँछ ।
यसका फाइदा हुन्ः
पेट सफा बनाउँछ
तपाईको पेटमा कब्जियतको समस्या छ भने एक टुक्रा नरिवलको सेवनले तपाईंको पेट सफा हुन्छ ।
नाकबाट रगत आउने समस्या हटाँउछ
गर्मी महिनामा नाकबाट रगत आउने समस्या छ भने नरिवल र मिस्री एक साथ मिलाएर खानाले यो समस्या टाढा रहन्छ ।
उल्टी हुँदैन
नरिवलको एक टुक्रा महमा राखेर खानाले उल्टी हुने समस्यालाई हटाउने गर्दछ ।
छाला सफा गर्छ
गर्मी महिनामा घाममा हिँड्दा पहिल्लै नरिवलको तेल लगाउनुहोस्,जसले छाला तथा स्कीनलाई सफा गर्दछ । नरिवल पानीले अनुहार धुँदा डन्डीफोर तथा घाउ खटिरा निको हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।