तेस्रो पटक  बुबा बने अर्जुन रामपाल

एजेन्सी– बलिउड अभिनेता अर्जुन रामपाल तेस्रोपटक पिता बनेका छन् । उनकी गर्लफ्रेन्ड ग्याब्रिएलले मुम्बईको हिन्दुजा अस्पतालमा छोरालाई जन्माएकी हुन् । 

दक्षिण अफ्रिकी मोडल गर्लफ्रेन्ड ग्याब्रिएलासँग आफ्नो सम्बन्ध रहेको रामपालले केही समयअघि मात्र भनेका थिए । त्यसपछि अप्रिलमा उनले आफू फेरि बाबु बन्न लागेको कुरा सेयर गरेका थिए । 

अर्जुनले गत वर्षमात्र पत्नी मेहर जेसियासँग सम्बन्धविच्छेद गरेका थिए । मेहरसँग विवाह गरेको २० वर्षपछि उनीहरु छुट्टिएका थिए । मेहरसँग अर्जुनका दुई छोरी छन् ।





  • प्रकाशित मिति : साउन ३, २०७६ शुक्रबार ९:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया