पत्नीसहित मन्त्री ज्ञवालीले गरे अंगदानकाे घाेषणा

काठमाडौं– परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली दम्पतीले मृत्युपश्चात् आफ्ना शरीरका ६ वटा अंग जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्न मिल्नेगरी अंगदानको घोषणा गरेका छन् । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीसँगै र पत्नी सरस्वती अर्याल ज्ञवालीले अंगदानको घोषणा गरेका हुन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको कार्यक्रममा ज्ञवाली दम्पत्तीले मृत्युपछि मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज र सानो आन्द्रा दान दिने मन्जुरीनाममा हस्ताक्षर गरे ।

अंगदानपछि बोल्दै मन्त्री ज्ञवालीले आफूले दान गरेका अंगबाट एकजनाको जीवन जोगियो भने त्यो नै जीवनको सार्थकता हुने बताए ।





  • प्रकाशित मिति : साउन ३, २०७६ शुक्रबार १६:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया