'आफ्नाे आइडिया चाेरेकाे'मा रिसाएका थिए क्योटो एनिमेसन आक्रमणकारी

टोकियो– जापानी प्रहरीले क्योटोस्थित एनिमेसन स्टुडियोमा भएको आक्रमणका सन्दिग्ध आक्रमणकारीको नाम सार्वजनिक गरेको छ ।

सन्दिग्ध सिन्जी आओबालाई प्रहरीले नियन्त्रणमा लिएर उपचार गराइरहेको छ । जलेर घाइते भएका उनी बयान दिने अवस्थामा छैनन् । 

बिहीबार क्योटो एनिमेसनमा नियोजित रुपमा गराइएको आगलागीले ३३ जनाको ज्यान लिएको थियो । कैयौँ घाइते छन् । 

क्योटो एनिमेसन कम्पनीले आफ्नो आइडिया चोरेको भन्दै सिन्जी आओबा आक्रोषित भएको उनको गिरफ्तारी देखेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले बताएको छ । 

प्रहरीका अनुसार आक्रमणकारी स्टुडियोको भवनभित्र छिरेर ‘मर !’ भन्दै एक बाल्टी प्रज्ज्वलनशील तरल खत्याएका थिए । त्यसैबाट स्टुडियोमा आगलागी भएको हो । 






  • प्रकाशित मिति : साउन ३, २०७६ शुक्रबार १७:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया