वासिंगटन– टेस्ला कम्पनीका सिइओ तथा स्पेस–एक्सका संस्थापक एलन मस्कको अर्को कम्पनी न्युरोलिंकले मानिसको दिमागलाई पढाउने र बिरामी भएका वेला नियन्त्रित गर्न सक्ने चिप सार्वजनिक गरेको छ ।
बुधबार फ्लेक्जिबल चिप सार्वजनिक गर्दै एलन मस्कले यो चिपले कसरी काम गर्छ भन्ने जानकारी दिए । उनले सार्वजनिक गरेको चिपलाई मानिसको दिमागमा जोड्न सकिन्छ ।
एलनका अनुसार यो चिपको मद्दतले मानिसकको श्रवणशक्ति बढाउन सकिन्छ । यसको प्रयोगले ब्रेन स्ट्रोक या अन्य न्युरोलोजिकल (स्नायु तथा नसासम्बन्धी) रोगका बिरामीलाई नियन्त्रण र निर्देशन सकिन्छ । उनका अनुसार, अहिलेसम्म यसको परीक्षण बाँदर र मुसामा गरिसकिएको छ, र प्रयोग पूर्ण रुपमा सफल भएको छ ।
एलनले सार्वजिक गरेको चिप धेरै सानो छ, तर यो १,००० भन्दा बढी तारहरुले बनेको छ । चिपमा भएका तारको चौडाइ मानिसको कपालभन्दा सय गुणा कम छ ।
न्युरोलिंकले यो चिप बनाउन २ वर्षभन्दा धेरै समय लगाएको थियो । धेरै नै सानो भएकाले यो चिप रोबोटद्वारा मानिसको दिमागभित्र सजिलै इन्स्टल गर्न सकिन्छ । सर्जनले टाउकोमा केवल २ मिलीमिटर चिरेर रोबोटमार्फत चिप दिमागसम्म पुर्याएर इन्स्टल गर्न सकिने एलनले बतएका छन् ।
चिपको मद्दतले मानिसको दिमागी अवस्था मात्र नभई उसको व्यवहारमा आउने उतारचढाबारे समेत जान्न सकिन्छ । न्युरोलिंकका वैज्ञानिकले बताएअनुसार सबै परीक्षण पूरा गरी २०२० को सुरुवातमै मानिसको दिमागमा यसको परिक्षणका लागि मन्जुरी लिइनेछ ।
चिपलाई डिभाइससँग जोडिन्छ । डिभाइसलाई मानिसको कानको पछाडिको भागमा फिट गर्न सकिन्छ । डिभाइसले वायरलेस कनेक्सनको माध्यमबाट दिमागमा भएको जानकारी सिधै स्मार्टफोन वा कम्प्युटरमा पठाउँछ ।
अमेरिकी मिडियाका अनुसार, एलन मस्कले स्टार्टअप कम्पनी न्युरोलिंकमा १० करोड डलर लगानी गरेका छन । उक्त कम्पनी अमेरिकाको सन फ्रान्सिस्कोमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।