जब बाढीका कारण घरमा बाघ छिर्यो

एजेन्सी– यो घटना भारतको हो । भारतको असम राज्यको काजिरंगा राष्ट्रिय पार्कमा बाढीका कारण अहिलेसम्म ९२ वन्यजन्तुको मृत्यु भएको मानिएको छ । 

त्यहाँ आएको बाढीका कारण अन्य जीवजन्तु पनि समस्यामा परेका छन् । केही तस्वीरहरु बाहिर आएका पनि छन् । हात्ती, हरिण तथा गैंडाहरु बाढीमा पौडिएर ज्यान जोगाएका तस्वीरहरु बाहिर आएका छन् । 

यही पार्कमा आएको बाढीका कारण एउटा बाघ चाहिँ स्थानीय एक व्यक्तिको घरमा छिर्यो । 

वाइल्ड लाइफ ट्रष्ट अफ इन्डियाका अनुसार बिहिबार विहान यो बाघ पार्कबाट दुई सय मिटर टाढा रहेको हाइवेमा देखिएको थियो । तर, त्यो मार्गमा अत्यन्त धेरै गाडीहरु थिए । त्यही कारण बाघ एउटा घरमा छिर्यो । 

र, घरको विस्तारामा बाघले दिनभर आराम गर्यो । 

‘सायद बाघ निकै थाकेको थियो,’ बिबिसी हिन्दीका लागि बचाव दलका एक सदस्यले भनेका छन्, ‘बाघ आनन्दले त्यो घरको विस्तारामा सुतिरह्यो, उसले कसैलाई पनि अप्ठ्यारोमा पारेन ।’



त्यो घरका व्यक्ति चाहिँ बाघ घरमा छिरेको थाहा पाएपछि बाहिर निस्किएका थिए । 

‘अब हामी त्यो बाघ सुतेको तकिया र बेड सिटलाई सम्हालेर राख्नेछौँ,’ मोतीलाल, जसको घरमा बाघ छिरेको थियो, ले बताएका छन् । 



घरमा छिरेको बाघलाई भारतमा वन्यजन्तू संरक्षण समितिका अधिकारीहरु गएर घर बाहिर पटाका पड्काएर बाहिर निकालेका थिए ।

  • प्रकाशित मिति : साउन ३, २०७६ शुक्रबार १९:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया