लोकसेवा आयोगविरुद्ध काठमाडौं, जनकपुरमा प्रदर्शन, जलाइयो प्रधानमन्त्रीदेखि मन्त्रीहरुको पुत्ला

काठमाडौं– लोकसेवा आयोगले निकालेको विज्ञापन खारेज गर्नु पर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, लोकसेवा आयोगका प्रमुखको पुत्ला दहन गरिएको छ । 

काठमाडौंमा मात्र नभएर लोकसेवाको विज्ञापन खारेज गर्नु पर्ने भन्दै जनकपुरमा समेत व्यापक विरोध प्रदर्शन भएको छ । 

जनकपुरमा प्रदर्शन गरिरहेका १६ जना पक्राउ परेका छन् । 

यता, काठमाडौंमा प्रदर्शनकारीले भृकुटीमण्डपबाट र्या।ली सुरु गरेर शहिद गेट, न्यूरोड गेट, भोटाहिटी, असन हुँदै बांगेमुढा पुगेपछि प्रधनमन्त्री तथा मन्त्रीहरुको पुत्ला दहन गरेका हुन् । 

लोकसेवाले स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो । लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै जनजाति, मधेसीलगायतका विभिन्न संगठनले विरोध प्रदर्शन गरेका छन् । यसअघि सर्वोच्चमा यस विषयमा मुद्दा परे पनि सर्वोच्चले परीक्षा रोक्न आदेश दिएन । त्यसैले लोकसेवाले शुक्रबार नै केही परीक्षा लिइसकेको छ ।





  • प्रकाशित मिति : साउन ३, २०७६ शुक्रबार १९:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया