इरानले जफत गर्यो बेलायती तेल ट्याङ्कर

एजेन्सी– इरानले होरमुजको खाडीमा बेलायती तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको छ । 

त्यसपछि बेलायती विदेशमन्त्री जेरोमी हन्टले इरानले तत्काल यो ट्याङ्कर नछोडेमा गम्भीर परिणाम भोग्न ऊ तयार हुनु पर्ने बताएको छ । 

स्टेना इम्पेरो नामको यो तेल ट्याङ्करका मालिकले जहाजमा २३ जना सवार भएको र पछिल्लो समय ट्याङ्करसँग सम्पर्क हुन नसकेको बताएका छन् । उनले यो ट्याङ्कर इरानतिर बढिरहेको पनि बताएका छन् । 

उता, इरानी मिडियाले पनि यो तेल ट्याङ्करलाई इरानको रिभोलुसनरी गार्डले जफत गरेको बताएका छन् । तर, त्यहाँका मिडियामा इरानका अधिकारीले त्यो तेल ट्याङ्कर बोकेको जहाजले समस्या हुन थालेपछि त्यसलाई जफत गरेको बताएका छन् ।

बेलायतले भने इरानको यो कारवाहीपछि आफ्ना जहाजहरुको सुरक्षा बढाएको छ ।





  • प्रकाशित मिति : साउन ४, २०७६ शनिबार ९:११:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया