लोकसेवा विज्ञापनविरुद्ध आन्दोलनकारीले जलाए प्रधानमन्त्री तथा मन्त्रीहरूका तस्बिर

काठमाडौं– लोकसेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको ठहर गर्दै तराई मधेस राष्ट्रिय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको तस्बिर जलाइएको छ । 

राजधानीको भृकुटीमण्डपदेखि र्याली सुरु गरेका प्रदर्शनकारीले सहिदगेट, असन हुँदै बांगेमुढामा पुगेर प्रधानमन्त्री ओली, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल र सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका तस्बिर जलाएका हुन् । 

आन्दोलनकारीले प्रधानमन्त्री तथा मन्त्रीहरूको तस्बिर दहनपछि इन्द्रचोकमा पुगेर कोणसभा गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते पाँच सय ५५ स्थानीय तहका लागि नौ हजारभन्दा बढी पदका लागि विज्ञापन खुलाएको थियो ।

उक्त विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेको भन्दै विभिन्न संघसंस्थाले दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । यसअघि सो विज्ञापनविरुद्ध परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले विज्ञापन चालू गर्न आदेश दिएको थियो । 





  • प्रकाशित मिति : साउन ४, २०७६ शनिबार १५:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया