लगातार १५ वर्ष दिल्लीकी मुख्यमन्त्री शिला दिक्षितको निधन

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीकी तीन पटक मुख्यमन्त्री बनेकी शिला दिक्षितको निधन भएको छ । ८१ वर्षकी दिक्षितको निधन दिल्लीको फोर्टिस एस्कर्ट्स अस्पतालमा शनिबार दिउँसो भएको हो । 

केही समययता उनी मुटुसँग सम्बन्धित रोगका कारण गम्भीर भएकी थिइन् । 

सन् १९९८ देखि २०१३ सम्म लगातार १५ वर्ष दिल्लीकी मुख्यमन्त्री बनेकी दिक्षित सन् २०१४ मा केरलकी राज्यपाल बनेकी थिइन् । तर, अगस्ट २०१४ मा नै उनले यो पदबाट राजीनामा दिएकी थिइन् । 

सन् २०१९ को भारतीय लोकसभा निर्वाचनको समयमा शिला दक्षित दिल्लीको प्रदेश अध्यक्ष भएकी थिइन् । उनले उत्तरपूर्व दिल्लीबाट लोकसभा निर्वाचन पनि लडेकी थिइन् । तर, भारतीय जनता पार्टीका मनोज तिवारीले उनलाई पराजित गरे ।

भारतीय काङ्ग्रेसकी यी नेतृकाे जन्म १०३८ मा पन्जाबमा भएकाे थियाे । शिला सन् १९८४ देखि १९८९ सम्म लाेकसभामा सांसद् थिइन् । सन् १९८६ देखि सन् १९८९ सम्म उनी केन्द्रीय मन्त्री पनि भएकी थिइन् । 

अहिलेकाे नयाँ दिल्लीकाे निर्माणकाे श्रेय दिक्षितलाई जान्छ । नयाँ दिल्लीकाे मेट्राे निर्माण हाेस् या त्यहाँका अन्य भाैतिक संरचना र विभिन्न निर्माणहरुकाे विषय नै किन नहाेस्, दिक्षितकाे समयमा दिल्लीकाे विकास निकै भएकाे भारतीयहरु मान्छन् । दिल्लीकाे स्वरुप परिवर्तन गर्नुमा शिलाकाे विशेष भूमिका रहेकाे उनीहरु मान्छन् ।



दिक्षितकाे निधनपछि भारतीय नेताहरुले सामाजिक सन्जालमा उनकाे निधनले दिल्लीलाई उनकाे कमी महसुस भइरहने बताएका छन् ।



  • प्रकाशित मिति : साउन ४, २०७६ शनिबार १६:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया