आन्दोलनमा साना दल

काठमाडौं– वाम–प्रजातान्त्रिक धारका साना दलले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न माग गर्दै संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।

समूहमा सिपी मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (बिपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायत नौ राजनीतिक दल आबद्ध छन् । मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाहृय हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको उनीहरूको भनाइ छ । 

संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दबाब दिन आफूहरू संयुक्त आन्दोलनमा होमिएको आन्दोलनकारीको भनाइ छ । 

बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्धार गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै ‘संयुक्त राष्ट्रिय आन्दोलन’ले तुरुन्त राहत तथा उद्धारको कार्यक्रम सञ्चालन गर्न सुझाएको छ । 





  • प्रकाशित मिति : साउन ४, २०७६ शनिबार १७:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया