राती सुत्दा घुर्नुहुन्छ ? एकपटक जचाउनुहोस् मुटु पनि

एजेन्सी– के तपाईंलाई तपाईंको जीवनसाथी वा घरका अन्य केही सदस्यले तपाईंको घुर्ने समस्याबारे बताएका छन् ? बताएका छन् भने यसलाई सानोतिनो समस्या त हो भन्ने सोचेर नजरअन्दाज नगर्नुहोला । 

नाक र घाँटीमा अत्यधिक बढी कम्पन भएमा मानिस घुर्छन् । किनकि त्यो कम्पनले सास फेर्न अप्ठ्यारो हुनसक्छ । तर, सचेत चाहिँ के कुरामा हुनुपर्छ भने घुर्ने समस्या निकै ठूलो समस्या हो, यसको समयमा नै उपचार गर्न जरुरी हुन्छ । किनकि यही घुर्ने समस्याले नै मुटु रोग पनि बढाउन सक्छ । 

तर, हामी कतिले त यसलाई नजरअन्दाज गरिरहेका पनि हुनसक्छौँ । तर, हामीले भुल्न हुँदैन, यसको जाँच पनि निकै सहज हुन्छ । झन् चर्को घुर्ने बानीले त हाम्रो मुटुमा समस्या पारिरहेको हुन्छ । धेरै चुरोट खाने, कोलेस्ट्रोल बढी भएका व्यक्तिमा घुर्ने समस्या छ भने उनीहरुले तत्काल मुटु जचाउनु पर्ने हुन्छ । 





  • प्रकाशित मिति : साउन ४, २०७६ शनिबार २०:२४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया