मकवानपुरमा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ मा प्रहरी र केही व्यक्तिबीच गोली हानाहान भएको छ । प्रहरीमाथि गोली हान्ने ती व्यक्तिहरु गाँजा तस्कर भएको प्रहरीले जनाएको छ । 

गएराति  गाँजा बोकेका ५–६ जनाको समूह र मकवानपुर प्रहरीबीच गोली हानहान भएको हो । 

प्रहरीका अनुसार प्रहरी देख्नेवित्तिकै त्यो समूहले प्रहरीमाथि गोली चलाउन सुरु गरेको थियो । प्रहरीले जवाफी फायरिङ गर्यो । तर, दुवैतर्फ कुनै पनि मानवीय क्षति हुन पाएन । 

घटनामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । उनलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने प्रहरी तयारी छ ।





  • प्रकाशित मिति : साउन ५, २०७६ आइतबार १२:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया