नेकपा जिल्ला इन्चार्जमा केन्द्र सरकारका दुई मन्त्री

काठमाडौं– सत्तारुढ नेकपाको आज बालुवाटारमा बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ । पार्टी एकता घोषणा भएको १४ महिनापछि नेकपाले जिल्ला तथा महानगरको नेतृत्व चयन गरेको हो । 

नेकपाको जिल्ला इन्चार्जको जिम्मेवारी पाउनेमा केन्द्रीय सरकारका दुई क्याबिनेट मन्त्री छन् । 

नेकपा सचिवालयले सार्वजनिक गरेको सूचीअनुसार, सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा काभ्रे जिल्लाको इन्चार्ज भएका छन् भने भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल स्याङ्जा जिल्लाको इन्चार्ज भएकी छिन् ।






  • प्रकाशित मिति : साउन ५, २०७६ आइतबार १८:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया