वासिंगटन– अमेरिकी सहर टक्सनका एडी कोलिन्सको अत्यन्तै प्यारो कुकुर जेनी अप्रिलदेखि हराइरहेको छ । कोलिन्स जेनीलाई यति प्रेम गर्छन् कि उसलाई खोजिदिनेलाई उनी आफ्नो सर्वस्व सुम्पिन तयार छन् ।
कोलिन्सले जेनीलाई खोज्ने हरसम्भव प्रयत्न गरे, तर केही सुराक भेटेनन् । हारथाक भएका कोलिन्सले जेनीको फोटोसहितको पोस्टर सहरभरि टाँस्न लगाए र उसलाई खोज्नेलाई आफ्नो सर्वस्व (घर, जमिन र वर्कसप) दिने घोषणा गरे ।
जेनीसँगको प्रेमबारे कोलिन्स भन्छन्, ‘ऊ मेरो जिन्दगी हो । थाहा छैन, कहाँ, कुन हालतमा होली ।’
‘मैले निकै कोसिस गरिसकेँ, जोकोही पनि मलाई जेनी फर्काइदिन्छ, उसलाई केही नसोधी यी सबै चिज (अपार्टमेन्ट, वर्कसप र प्लट) दिनेछु,’ पुरस्कारबारे कोलिन्स भन्छन्, ‘मलाई सिर्फ जेनी चाहिन्छ । ऊविना जिन्दगीको एक पल पनि मुस्किल भएको छ ।’
तीन सातादेखि सामाजिक सञ्जालमा ‘माई नेम इज जेनी’ नामको ह्यासट्यागमार्फत जेनीको खोजीका लागि अभियान चलिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।