हङकङमा फेरि चर्कियो आन्दोलन, रेल स्टेसनमा जथाभावी आक्रमण

एजेन्सी– दर्जनौँ नकाबधारी मानिसहरुले हङकङको एउटा रेल स्टेसनमा जथभावी आक्रमण गरेका छन् । यो हङकङको युएन लङ स्टेसनको कुरा हो । आइतबार स्थानीय समयअनुसार साढे दश बजे एक हुल युवाहरु स्टेसनमा पसेर प्लेटफर्ममा र रेलभित्र भएका यात्रीहरुलाई आक्रमण गरेका थिए ।

घटनामा ४५ जना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

आइतबार नै दिउँसो त्यहाँ भएको आन्दोलन पछि यो घटना भएको हो । आइतबारको आन्दोलनमा चाहिँ प्रहरीले भीडलाई तितरबितर बनाउन अश्रुग्यास प्रहार गरेको थियो ।

रेल स्टेसनमा कसले आक्रमण गर्यो भन्ने चाहिँ खुलेको छैन । तर, त्यहाँ आक्रमणकारीले दिउँसो आन्दोलनमा सहभागी भएका व्यक्तिहरुमाथि प्रहार गरेका थिए । 

हङकङ सरकारले चाहिँ यो घटनाको भत्र्सना गर्दै यस्तो काम हङकङमा स्वीकार्य नहुने जनाएको छ ।






  • प्रकाशित मिति : साउन ६, २०७६ साेमबार ९:१८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया