काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिने अडान राखेका छन् ।
‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन
सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाले संशोधन प्रस्ताव राखेका थिए ।
मन्त्री बास्कोटाले सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा सो प्रावधान राखेको स्पष्ट पार्दै फिर्ता लिन पनि संशोधनकर्ता कर्ण र मियालाई आग्रह गरे ।
सो विधेयकले नेपालको हितलाई प्रवर्द्धन गर्ने र कलाकार तथा मिडिया क्षेत्रलाई अघि बढाउने दाबी गर्दै उनले सो प्रावधान हटाउन नसकिने अडान राखेका हुन् । सयपटक छलफल गरे पनि सो प्रावधान हटाउने पक्षमा सरकार नरहेको उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।